सिभिल बैंकको शाखा अब ढल्केबरमा पनि खुल्यो
काठमाडौं, २६ जेष्ठ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले गर्नुभएको हो ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो,सिभिल बैंक प्रदेश नं २ काप्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले ढल्केबरको बढ्दो आर्थिक गतिबिधि संगै सिभिल बैंकले पनि आफ्नोशाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गर्नुभयो।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा सिभिल बैंकका प्रदेशनं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठले बताउनु भयो ।
सिभिल बैंकको यसढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोे पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्