अबको तीन वर्षभित्र जनतालाई शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्याउछौः मन्त्री मगर

काठमाण्डौ , जेठ २५ । खानेपानी मन्त्री विना मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताउकी छन् ।

मन्त्री मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा र्पुयाउन संकल्प लिएर मन्त्रालय अघि बढेको पनि बताईन् ।

नेपाल नगरपालिका संघले शनिबार काठमाण्डौको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले यस्तो बताएकी हुन् ।

मन्त्री मगरले सबै जनतामा खानेपानीको पहुँच र्पुयाउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंँल्याइन्।

आउँदो आर्थिक वर्षमा ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा र्पुयाउने लक्ष्य रहे पनि सबैसँगको सहकार्यमा मात्र लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ ।

यसमा एक्लैले नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेकामा जोड दिईन् ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले भनीन , ‘एकातिर सबै जनतालाई खानेपानी र्पुयाउनुपर्ने चुनौती छ भने अर्को्तिर पूर्ण सरसफाइको कार्यक्रमलाई पनि सँगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन सक्दैन । बढ्दो जनसंख्या र शहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गइरहेको छ । सरसफाइ अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदैछौँ ।’

मन्त्रालय आउँदो आर्थिक वर्षमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा जुटेको पनि उनले जनाकारी गराईन् ।

प्रतिक्रिया दिनुहोस्