कोरिया भाषा परिक्षा : १७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ , जेठ २५ । कोरियाको भाषा परिक्षा दिने १७ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

उनीहरु इपिएस भाषा परीक्षा दिने क्रममा शनिबार १७ पक्राउ परेका हुन् ।

काठमाडौँ र ललितपुरकामा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ ।

शाखाका सूचना अधिकारी सोभाकर भण्डारीका अनुसार उक्त परीक्षा काठमाडौँ, ललितपुर र पोखरामा चलिरहेको छ ।

नेपाली युवाहरुको आकर्षक गन्तव्यको रुपमा रहेको (ईपीएस)को परिक्षा शनिबार देखि सुरु भएको हो । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषाको परीक्षा सुरु भइरहेको छ ।

शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी रहेको ईपीएसले जनाएको छ ।

सन् २०२० का लागि लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको लैजाने कोटा निर्धारण गरेको ईपीएसले यस कोटाका लागि ९२ हजारभन्दा बढी युवाहरुले भाषा परिक्षा दिंदैछन् ।

गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्