कोरियन भाषाको परीक्षा सुरु, ९२ हजार युवा सहभागि, कहाँ कहाँ परे परीक्षा केन्द्र ?

काठमाडौं, २५ जेष्ठ । शनिबार र आइतबार दुईदिन गरि ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यी परिक्षार्थीमध्ये १० हजारले मात्रै कोरिया जान पाउने छन् । २००८ साल देखि प्रत्येको वर्ष कोरियन भाषा परीक्षामा सामेल हुनेको संख्या बढेको बढ्यै छ । यसले प्रतिस्पर्धा झनै बढ्र्द गएको छ ।
कारीया नेपालीको रोजगारको आकर्षक मुलुक भएता पनि युवामा ‘डिप्रेसन’ लगायत समस्या आत्म हत्य पनि गर्ने गरेको छ । गत वर्षसम्म आत्महत्याको श्रृंखला बढे पनि यो वर्षबाट आत्महत्या केही कम भएको ईपीएस शाखाले जनाएको छ । सन् २०१९ मा कोरियामा एकजना मात्रै युवाले आत्महत्या गरेको जानकारी छ ।

तर, पनि कोरियन भाषा परीक्षाप्रति विदेशिन चाहने युवाको आशा बढी छ । त्यसको कारण हो, सरकारी तवरबाटै स्वच्छ ढंगबाट हुने परीक्षा र विश्वासिलो रुपमा प्रकाशित हुने नतिजा ।
सन् २००८ देखि सरकारीस्तरबाटै कोरियाले भाषा परीक्षा लिएर नेपाली कामदार लैजान थालेको हो । त्यसअघि म्यानपावर र व्यक्तिगत पहलमा कोरिया पुग्ने नेपाली न्यून संख्यामा थिए ।

सरकार एकातर्फ नेपाली युवालाई स्वदेशमै रोजगारी दिने भनिरहेको छ । अर्को्तिर, कोरियन भाषा सिकाउँदै युवाहरुलाई विदेश पठाउने लाइनमा आफैंले उभ्याइरहेको छ ।
१२ वर्षबीचमा इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परीक्षा पास गरेर कोरिया जाने नेपालीको संख्या ६० हजार नाघेको छ ।

कोरिया पुगेकामध्ये अधिकांशले खाडी मुलुकमा भन्दा राम्रो सेवा, सुविधा, सम्मान र काम गर्ने वातावरण पाएका छन् । अहिले पनि करिब ५ हजार नेपाली कामदार कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर ‘वर्किङ भिसा’को प्रतीक्षामा छन् ।

अर्को वर्ष १० हजार ५० जना भाषा परीक्षा दिएर कोरिया जाने सूचीमा कायम हुने पक्का छ ।

हालसम्म ६० हजार भन्दा बढी युवाले ईपीएस परीक्षा पास गरेर कोरियामा पुगेर आफ्नो भविष्य बनाईरहेको कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । १० वर्षमा प्रतिवर्ष औसत ६ हजार नेपाली कामदारलाई रोजगारी दिइरहेको ईपीएस शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकार िदएि ।

अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ७० हजार रुपैयाँ तोकिएको छ । कोरियाले कृषि तथा उत्पादनमुलक (उद्योग) समूह विभाजन गरी कामदार लैजान्छ ।

कृषिभन्दा उत्पादनमुलक समूहबाट जानेहरुले बढी आम्दानी गर्ने गरेका छन् । अधिकृत पराजुलीका अनुसार खाडी मुलुक तथा मलेसियामा जस्तो कोरियामा कामदारले राजगारदाताबाट ठूलो कष्ट बेहोर्नुपर्दैन । सामाजिक, आर्थिक र भौतिक सुरक्षा अवस्था पनि राम्रो छ ।

हाल उत्तरपुस्तिका रेजा लगाएर ‘म्यानुअल’रुपमा दिनुपर्ने परीक्षा अगामी वर्षबाट कम्प्युटरमा आधारित हुने इपिएस् ले जनाएको छ ।

कोरिया पुगेका कामदारलाई रोजगारदाताले रुचाएमा उतैबाट श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । त्यस्ता कामदारलाई कोरियाले ‘प्रतिबद्ध कामदार’का रुपमा भिसा दिइने गरेको छ ।

पाँचवर्षे भिसामा गएर उत्कृष्ट काम गर्नेहरुले थप पाँच वर्षको कामदार भिसा सजिलै पाउने व्यवस्था कोरिया सरकारले गरेको छ ।
भिसा अवधि सकिएपछि पनि नफर्किने, कम्पनी परिवर्तन गरेर काम गर्ने र अपराध गरेर फरार हुने नेपालीको संख्या कोरियामा अन्य मुलुकका कामदारको तुलनामा भने कम छ ।

आगामी वर्षबाट कोरियन भाषा परीक्षाको मोडालिटी परिवर्तन हुँदैछ । आगामी वर्ष हुने परीक्षामा परीक्षार्थी पूर्ण रुपमा कम्प्युटरबाटै परीक्षा दिनुर्पेछ । हाल उत्तरपुस्तिका रेजा लगाएर ‘म्यानुअल’रुपमा दिनुपर्ने परीक्षा अगामी वर्षबाट कम्प्युटरमा आधारित हुनेछ ।

यसैवर्षबाट सीप परीक्षाको फम्र्याट परिवर्तन भएको छ । अहिले कृषि क्षेत्रमा कोरिया जानेले ९० नम्बरको भाषा परीक्षा पास गरेर ११० नम्बरको पूर्णाङ्कमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्छ । उत्पादनमूलक क्षेत्रमा जानेले भाषा र सीपमा १००र१०० पूर्णाङ्कमा परीक्षा दिनुपर्छ । सीपमा जाँच दिन भाषा परीक्षामा पास हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्