सुर्खेतबाट पक्राउ परेका शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ , जेठ २४ । सर्वोच्च अदालतले सुर्खेतबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले शाहीलाई गैरकानुनी रुपमा थुनिएको भनी दायर गरिएको निवेदनमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

पत्रकारमाथि गाली बेइज्जत हुने गरी अभिव्यक्ति दिएको आरोपमा सुर्खेतका पत्रकारहरुको जाहेरीका आधारमा मा प्रहरीले साइबर अपराधको आरोप उनलाई पक्राउ गरेको थियो । शाही भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय रहेका छन् ।

केहि दिन देखी उनको रिहाइका लागी उनका आफन्तले धर्ना तथा आन्दोलन गर्दै आएका थिए ।

यता शाहीका परिवारले उनलाई प्रहरीले बिनाकारण यातना दिएको बताएका थिए । शाही भ्रष्टाचारविरुद्धको अभियानमा लागीरहने अभियान्ता पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्