सरकारले दियो आइतबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा
काठमाण्डौं, जेठ २४ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसर पारेर सरकारले आइतबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।
सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्सेनी बिदा दिँदै आएको छ ।
गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा पुजिने गरिन्छ । ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन्
भोटो देखाउने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलको थटिटोलबाट तानेर जावलाखेल ल्याइएको छ । रथ जावलाखेल र्पुयाइएको चौथो दिन भोटो देखाउने परम्परा छ । काठमाण्डौ उपत्यकाका नेवार समुदायको विशेष पर्वको रूपमा परिचित छ ।
मच्छिन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो? भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीमा रहेको मन्दिरमा र्पुयाउने चलन रहिआएको छ ।
मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहीमा र्पुयाएपछि मच्छिन्द्रनाथको रथ यात्रा समापन हुने गरेको छ ।
बौद्ध धर्मावलम्बीहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मछिन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाण्डौका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्