महालक्ष्मी लाईफले जीवन हेरचाह बीमा योजना ल्यायो

काठमाडौं, २४ जेष्ठ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बीमा जेष्ठ २६ गते आईतबार बाट सर्वसाधारणमा विक्रिको लागि ल्याउने भएको छ । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो प्रस्तुति रहेको कम्पनीले जनाएको छ ।

केटाकेटी र संतानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक ९अभिभावक० को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ । बिमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा विमांक रकमको २।५ प्रतिशत बांकी जीवन निर्वाह भत्ता ९पेन्सन० को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरीएको छ । साथै प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमांक रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।

नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्यू पछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यू पछि पनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरीएको छ । साथै प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्ती पछि विमांक र आर्जीत वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।


२०७५ माघ २७ बाट कारोवार प्रारम्भ गरेको यस जीवन बीमा कम्पनीले अहिले सम्म ४५ जिल्ला भन्दाबढी स्थानमा तालिम र जनचेतना मूलक कार्यक्रम संचालन गरि सकेको छ भने पूर्व मेची देखि महाकाली सम्म ३० वटा भन्दा वढी शाखा र उपशाखा संचालनमा ल्याइसकेको छ र आउने आषाढ मसान्त सम्म ५० स्थानमा शाखा र उपशाखा संचालनको लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्