मन्त्री खनालको निर्देशन -स्वास्थ्यमा हानी पुर्याउने दूध वितरण केन्द्रमाथि तत्काल कडा कारबाही गर्नुस्

काठमाण्डौ , जेठ २४ । मानव स्वास्थ्यमा हानी पुर्याउने खालका सबै दूध वितरण केन्द्रमाथि कडा कारबाही गर्न कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

‘११ औंँ राष्ट्रिय खाद्य स्वच्छता दिवस’को अवसरमा शुक्रबार ललितपुरमा भएको कार्यक्रममा उहाँले आफूले मानव स्वास्थ्यमाथि गम्भीर असर र्पुयाउने खालका दूध वितरण केन्द्रमा छापा मार्न निर्देशन दिए पनि त्यस अनुसारको काम गर्न नसकेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरे ।

काठमाडौं उपत्यकाभित्र रहेका प्रदुषणयुक्त दूध वतरण केन्द्र तत्काल बन्द गराउन पनि नले सम्बन्धित निकायलाई सचेत गराए ।

मन्त्री खनालले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनेगरी सरकारले काम गरे पनि त्यसमा कर्मचारी प्रशासनले साथ दिन नसकेको गुनासो पनि गरे ।

उनले पोषणयुक्त खाद्य वस्तुको उत्पादनदेखि वितरणसम्मको कामलाई व्यवस्थित बनाउन सरकारले अभियान सञ्चालन गरे पनि पर्याप्त हुन नसकेको पनि स्वीकार गरेका छन् ।

प्रदुषणयुक्त दूध वतरण केन्द्र तत्काल बन्द नगरे तत्तकालै कडा कारबाही हुने उनले चेतावनी दिए । कर्मचारीको लार्पवाहीले गर्दा नै यस्ता केन्द्र अझै पनि सन्चालनमा रहेको बताउदै अब भने कार्यान्वयन गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्