मुक्तिनाथ विकास बैंकको व्यवसायिक साक्षरता तालिम सम्पन्न

काठमाडौं, २४ जेष्ठ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालनगर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता” भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाण्डौमा सम्पन्न गरेको छ ।

व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो । उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

बैंकले आयोजना गरेको यस तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाण्डौबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथ विकास बैंक लि.ले व्यवसायिक साक्षरता कार्यक्रममार्फत व्यवसायीहरुलाई जुन व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसा योग्य रहेको साथै तालिम अति महत्वपुर्ण रहेको धारणा व्यक्त गरेका छन् ।

मुक्तिनाथ विकास बैंक लि.ले देशै भरी ११९ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्