घरेलु तथा साना उद्योगमा लगानी गर्न सरकार तयार छ : मन्त्री यादव
काठमाडौं, जेठ २४ । उद्योग वाणिज्य तथा आपूर्तिमनत्री मातृृकाप्रसाद यादवले सरकारले घरेलु तथा साना उद्योगको संरक्षण गर्ने आश्वासन दिएका छन् ।
उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो आश्वासन दिएका हुन् ।
घरेलु उद्योगको विकासका लागि सरकार प्रयासरत रहेको उनले बताए ।
ग्रामीण क्षेत्रका घरेलु तथा साना उद्योगमा लगानी गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
मन्त्री यादवले घरेलु उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्थानीय तहमै उपलब्ध हुने भएकाले सरकारले घरेलु तथा साना उद्योगको बिकासका लागि ध्यान केन्द्रीत गरेको बताए ।
सरकारले उद्यमीलाई सरल ब्याजमा ऋण उपलब्ध गराउने पनि उनले आश्वासन दिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योगको क्षेत्रमा उल्लेख्य काम गर्ने बिभिन्न क्षेत्रका उद्यमीलाई सम्मानसमेत गरिएको थियो ।
सम्मानीतहरले आगामी दिनमा पनि घरेलु तथा साना उद्योगको क्षेत्रमा आफुहरुले यस्तै कार्य गर्ने बताएका छन् ।
उद्यमीलाई सहज र सरल बनाउनु आफुहरुले सक्दो प्रयास रहने र यसमा सरकारले पनि साथ दिनु पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्