हावाहुरीका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत अवरुद्ध, स्थानीय समस्यामा

काठमाडौं, जेठ २४ । लगातारको हावाहरीको कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

बिजुली अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन् ।


यसैगरी बिभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबुरुद्ध भएको प्रहरीले जनाएको छ ।

हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन ।

बिहिबार साँझ आएको भीषण हावाहुरीको कारण कैलालीको गोदावरीलगायतका क्षेत्रमा रुख तथा पोल ढले पछि विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

अहिले पहाडी जिल्लामा वितरण गरिएका सबै प्रसारण लाइन बन्द भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका फोरमेन रोहित बोहराले जानकारी दिए ।

कति ठाँउमा पोल ढेलेको भन्ने एकिन नभएको हुँदा कति समयसम्म विद्युत अवरुद्ध हुन्छ भन्ने निश्चित नभएको उनले जनाकारी दिए ।

हिजो साँझ आएको विनासकारी भिषण हावाहुरीका कारण कैलालीमा ठुलो जनधनको क्षति भएको छ ।

हावाहुरीबाट २ जनाको मृत्यु भएको भने ७६ जना घाईते भएका छन । मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरका ५१ वर्षीय लहानु चौधरी र गोदावरी नगरपालिका ८ माझगाउँका वीरबहादुर चौधरी रहेका छन ।

कुखुराको खोरमा बसेका लहानुको हावाहुरीले खोरको भित्ता भत्किँदा मुत्यु भएको हो भने बिरबहादुरको हावाहुरी चलेका बेला मोटरसाइकल टिपरमा ठोक्किएर मृत्यु भएको हो ।

हावाहुरीबाट घाईते भएको मध्य थप उपचारका लागि २ जनालाई भारत र २ जनालाई नेपालगन्ज रीफर गरेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण कयौंको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन ।

नेपाल प्रहरीको संघीय ईकाई कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत हावाहुरीले क्षती पुगेको छ ।

कच्ची घरका पर्खाल, जस्तापाताका छत उडाएको प्रहरीले जनाएको छ । कति क्षती भएको भनेर पुर्ण विवरण आउन बाँकी रहेको प्रहरुीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्