२४ वर्ष पुरानो रेकर्ड तोड्दै मिचेल स्टार्कले बनाए विश्वकीर्तिमान

विहिवारको खेलमा ब्याटिङ र बलिड् दुबैमा अस्ट्रेलियाले आफूलाई सावित गर्‍यो एकसमय ५ विकेटको क्षतिमा ७९ को स्कोरमा रहेको टोलीले सम्हालिएर ब्याटिङ गर्दै २८८ रनको सम्मानजनक स्कोर खडा गर्‍यो । अन्तमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई १५ रनले पराजित पनि गर्‍यो ।

उसको जितका लागि बलिङ प्रदर्शन झन प्रभावशालीरूपमा महत्वपूर्ण बन्यो। यस खेलमा बलिङका नायक बने मिचेल स्टार्क।

उनले १० ओभरमा १ मेडन खेल्दै ४१ रन खर्चेर अस्ट्रेलियाका लागि पाँच चिकेट लिए। उनले क्रिस गेल, जेसन होल्डर, आन्द्रे रसेल र कार्लोस ब्राथवेट जस्ता खेलाडीको महत्वपूर्ण विकेट खसालेका थिए ।

यस खेलबाट उनले विश्व रेकर्ड पनि कायम गरेका छन् । उनले २४ वर्ष पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्।

एकदिवसीय क्रिकेटमा उनले सर्वाधिक छिटो १५० विकेट लिएको कीर्तिमान बनाएका हुन्। विश्वकपमा दोश्रोपटक एकै खेलमा ५ विकेट लिएका स्टार्कले ७७ खेलबाट १५० विकेट लिने कीर्तिमान बनाएका हुन्।

उनले पाकिस्तानका सक्लेन मुस्ताकको कीर्तिमान भंग गरेका हुन् । उनले ७८ खेलबाट १५० विकेट लिएका थिए। उनले यो रेकर्ड सन् १९९५ मा भारत विरूद्धको खेलमा बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्