नेपाल पुलिस क्लब प्रधानमन्त्री कपको फाइनलमा, उपाधिका लागि अब आर्मीसँग भिड्ने

काठमाडौं, जेठ २३ । विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनल प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई पाँच विकेटले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो।

कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपिएफले २२ ओभर एक बलमा सबै विकेट गुमाउँदै ४१ रन बनाएको थियो। उसका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्।

एपीएफलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित नारायण राजवंशीले चार वकेट लिए। यस्तै कुशल भुर्तेल र सागर ढकालले समान तीन–तीन वकेट लिए।

४२ रनको लक्ष्य पछ्याएको पुलिसले ९ अभर तीन बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा र्गयो। उसका लागि पवन सर्राफले २१ र दिपेन्द्रसिह एरीले १३ रन बनाए।

एपीफका वसन्त रेग्मीले तीन र शरद भेषवाकरले दुई विकेट लिए। पुलिसले फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्