कानुनमन्त्री ढकालका दाजु ८ दिनदेखि वेपत्ता! प्रहरी यसो भन्छ

काठमाडौं, जेठ २३ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालका दाजु शिवप्रसाद ढकाल ८ दिनदेखि वेपत्ता भएका छन् ।

उपचार गर्न काठमाडौं आएका ७० वर्षीय ढकाल बल्खुस्थित निवासबाटै वेपत्ता भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

डीएसपी बोगटीले भने, हराएको सूचना पाएपछि हामीले सबै संयन्त्र प्रयोग गरेर खोजी गरिरहेका छौँ , हाम्रोमा १५ जेठदेखि उनी हराएको भन्दै ढकाल परिवारबाट उजुरी आएको छ । अहिले पनि खोजीकार्य भइरहेको छ। तर फेला पार्न सकेका छैनौँ ।

बेपत्ता ढकालको खोजीमा परिसरसँगै महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि जुटेका छन् । तर ढकालको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी वेपत्ता हुदा यति बेला परिवार चिन्तीतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्