अब दर्ता नगरेका इलेक्ट्रिक स्कुटर चलाए कारबाही, हुनेछ यस्तो सजाय
काठमाण्डौ , जेठ २३ । अब दर्ता नगरेका इलेक्ट्रिक स्कुटर चलाए कारबाही हुने भएको छ ।
यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको हो ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यस्तो कारबाही गर्ने जनाएको हो ।
इलेक्ट्रिक स्कुटरहरु बिनादर्ता सडकमा सञ्चालन भइरहेको पाइएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा सञ्चालन गर्न आग्रह गर्दै यातायात व्यवस्था विभागले त्यसरी सञ्चालन गरेको भेटिए कारबाही गरिने जनाएको हो ।
विभागका शाखा अधिकृत लेबन काश्यप अधिकारीले कारबाहीका लागि आवश्यक व्यवस्था मिलाउन विभागले महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गरेको बताएका छन् ।
यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनु पर्ने प्रावधान रहेकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ ।
यातायात व्यवस्था ऐन २०४९ को दफा १४ मा अनिवार्य रुपमा सवारी दर्ता गर्नुपर्ने भनेकाले दर्ता नगरी सञ्चालन गरेको भेटिए त्यही ऐनको दफा १६० को उपदफा २ बमोजिम कारबाही गरिने निर्णय भएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्