काठमाडौँ महानगरपालिकाले चिनबाट थप २ ब्रुमर ल्याउँदै
काठमाडौं, जेठ २१ । काठमाडौँ महानगरपालिकाले थप २ ब्रुमार ल्याउने भएको छ ।
कामपाले आगामी असारदेखि सन्चालन गर्नेगरी चीनबाट थप दुई ब्रुमर (यान्त्रिक कुचो) ल्याउने भएको हो ।
गत फागुनको अन्तिम साता इटालीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि थप ल्याउन लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो ।
ढिलोमा आगामी हप्तामा काठमाडौं आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदन्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ ।
कामपाका प्रवक्ता ईश्वरमान डंगोलले १५.८ मेट्रिकटन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सन्चालनको मार्ग निर्धारण गरिने जानकारी दिए ।
हाल महानगरले पाँच यान्त्रिक कुचो उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ । पाँचमध्ये चार १६ टन क्षमताका तथा अर्को एउटा ६ टन क्षमताका छन् ।
ती यान्त्रिक कुचोले दिनमा १० किलोमिटरसम्मको धुलो संकलन गर्नसक्छ । युरो मापदन्डका भनिएका यान्त्रिक कुचोको अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्नसक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।
कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार उक्त यन्त्रले नियमित सफा गर्ने भनिएपनि वर्षात्को समय सुरु भएकाले नियमितरूपमा सफा गर्न भने सकेको छैन । उक्त यन्त्र दैनिक ८ घन्टा प्रयोग हुँदै आएको छ ।
कानुनीरूपमा ८ मिटरभन्दा कम चौडाइका सडकमात्र कामपाको जिम्मेवारीमा पर्छ । ती पाँच यान्त्रिक कुचो रु १० करोड ८० लाखमा ल्याइएको हो ।
यसअघि, विशिष्ट व्यक्तिको आवत–जावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई यान्त्रिक कुचोले सडक सफा गर्दै आएको थियो ।
कामपासँग यसअघि रहेको एक यान्त्रिक कुचो काम गर्न नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ ।
यी ब्रुमर सन्चालनका लागि हाल पाँच सडक क्षेत्र तय गरिएको छ ।
पछिल्लो समय निर्माण तीव्ररुपमा भइ धुलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।
पछिल्लो समय निमार्ण तीब्ररुपमा भइ धुलो बढिरहेको अवस्थामा भने ती ब्रुमरले ठुलो सहयोग पुगने विश्वास कमपाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्