नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुले भृकुटीमण्डमा वृहत खुला रक्तदान कार्यक्रम गर्ने
काठमाडौं, २१ जेष्ठ । नेपाली काँग्रेसको एक महिने राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत यहि जेठ २३ गते बिहिबार भृकुटीमण्डप प्रदर्शनीमार्गमा वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
नेपाली काँग्रेस पार्टीको देशभर भईरहको एक महिने राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सार्थक एवं सृजनात्मक रुपमा सफल पार्न पार्टीको निर्देशन बमोजिम विभिन्न जिल्ला–काठमाडौं सम्पर्क समितिहरुबाट रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान नै जीवन दान भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपाली काँग्रेसले आफ्नो जनजागरण अभियान अन्तर्गत आम नागरिकको जीवन रक्षा हरेक राजनीतिक नेतृत्वको जिम्मेवारी भएको भन्दै सबैलाई जेष्ठ २३ गते बिहिबार भृकुटीमण्डपमा आयोजित रक्तदान कार्यक्रममा सहभागि हुन आह्वान समेत गरेको छ ।
रक्तदान कार्यक्रमका संयोजक भक्तिराज भट्टराईले कार्यक्रम सफल बनाउका लागि पार्टीका शिर्ष नेताहरुको उपस्थिति हुने कार्यक्रम जानकारी दिनुभयो । उहाँले आम नागरिकको जीवन रक्षा हरेक राजनीतिक नेतृत्वको जिम्मेवारी भएकाले यस्ता कार्यक्रम राखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्