कामना सेवा विकास बैंककोे एकैदिन शहरमा शाखा विस्तार

काठमाडौं, १९ जेष्ठ । कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुन्सरी जिल्लाको इटहरी चोक, इटहरीमा यही जेठ १९ गते आफ्नो ८५औंर ८६औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका अध्यÔ सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ गरिएका हो ।

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. १ मा ७ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताउनु भयो । यस बैंकले व्यवसाय विस्तारकोक्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८६ वटा शाखा कार्यालयहरु तथा ३९ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्