प्रधानमन्त्री कप : प्रदेश दुईलाई १यस ५६ रनले पराजित गर्दै पुलिस सेमिफाइनलमा
काठमाडौं जेठ १९ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाल पुलिस क्लब जिवय भएको छ ।
प्रदेश दुईलाई १सय ५६ रनले पराजित गरेपछि पुलिस क्लब विजय भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धा्रित ५० ओभरमा नौं विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो।
पुलिसका लागि अमित श्रेष्ठले ५० रन बनाए भने यस्तै सुनिल धमालाले ४३, अनिलकुमार शाहले ३७, कुशल भुर्तेलले ३५, आरिफ शेखले ३२, दिपेन्द्रसिंह ऐरीले १८ र पवन सर्राफले १३ रन बनाएका थिए ।
यस्तै बलिङतर्फ प्रदेश दुईका सम्सद शेखले चार तथा राशिद खानले दुई, दिव्याङ्शु मल्लिक, कुमार थापा र महबुब आलमले समान एक–एक विकेट लिए।
२५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको प्रदेश दुईले २९ ओभर आफ्ना सबै विकेट गुमाउँदै केवल ९७ रन मात्रै बनायो। उसका लागि हरिशंकर साहले २९, महबुब आलमले २१, सुरज पटेलले १२ र रबि साहले १५ रन बनाएपनि अन्य ब्याट्म्यानले भने दोहोरो अंकको रन जोड्न सकेनन्।
प्रदेश दुईलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दिपेन्द्रसिंह ऐरीले सर्वा्धिक पाँच विकेट लिए। यस्तै ललित राजवंशीले तीन तथा कुशल भुर्तेल र सागर ढकालले एक–एक विकेट लिए।
यो जितसँग पुलिस क्लब समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। चार खेलमा शत प्रतिशत नजिता निकाल्दै ८ अंकका साथ पुलिसले सेमिफाइनलमा स्थान बनाएको हो।
हारसँगै प्रदेश दुई प्रतियोगिताबाट पनि बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्