भारतमा अत्याधिक गर्मीका कारण ३० जनाको मृत्यु, तापक्रम पुग्यो ५० डिग्रीे,
काठमाडौं, जेठ १९ । भारतमा अत्याधिक गर्मीका कारण ३० जनाको मुत्यु भएको छ । एक्कासी बढेको गर्मीका कारण अहिलेसम्म त्यहाँ ३० जनाको ज्यान गइसकेको छ ।
पछिल्लो केही दिनदेखि भारतभर गर्मी अत्याधिक बढ्न थालेको छ । गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको बताइएको छ ।
यस्तै त्यहाको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ ।
त्यस्तै पञ्जाव हरियाणा, उत्तरप्रदेश र दिल्लीमा पनि गर्मी तापक्रम उच्च विन्दुमा पुगेको छ। गर्मीका कारण अहिलेसम्म देशभरमा ३० जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा धेरैजसो राजस्थान क्षेत्रका रहेको बताइएको छ ।
थार मरुभूमिबाट आउने तातो हावाका कारण तापक्रममा वृद्धि भइरहेको त्यहाँको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसरा मे चारसम्म अझै तापक्रम वृद्धि हुने र त्यसपछिमात्र वर्षाको सम्भावना रहेको छ ।
लखनउको मौसम विभागका अनुसार त्यसक्षेत्रमा आइतबार हावाहुरीका साथ लखनउ, सीतापुर हरदोइ लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । भारतको कर्नाटक लामो समयदेखि खडेरीको चपेटामा छ ।
कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामी नेतृत्वको सरकारले सर्कुलर नै जारी गरेर असल मौसमका लागि राज्यभरका सबै मन्दिरमा पूजा गर्न आदेश दिएको छ । सरकारले १० हजार एक रुपैयाँभन्दा बढी खर्च नगर्नगरी सबै मन्दिरमा पूजा गर्न आदेश दिएको हो ।
भारतमा वर्षेनी ७० प्रतिशत वर्षा मनुसनका क्रममा हुन्छ जुन कृर्षिका लागि महत्वपूर्ण मानिन्छ ।
यता नेपालका तराईका जिल्लाहरुमा पनि निकै नै गर्मी बढेको छ ।
यसरी गर्मी बढ्दा त्यहाका स्थानीयको जनजिवन निकै प्रभावित हुन पुगेको छ । चर्को गर्मीका कारण त्यहा बजारमा चहलपहल पनि निकै कम भएको देख्न सकिन्छ भने बजार सुनसान भएको छ ।
यसरी गर्मीका कारण बिरामीको संख्या पनि बढेको स्वास्थ्यकार्मीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्