दुर्गममा सुत्केरी पीडाः २ दिन सम्म रक्तस्राब नरोकीएपछि बल्ल गरियो हेलीकोप्टर मार्फत उद्दार
काठमाडौं, जेठ १८ । बजुरामा सुत्केरी हुन नसकेकी एक महिलाको हवाई सेवा मार्फत उद्दार गरिएको छ ।
जिल्लाको बुढिनन्दा नगरपालिका १ की २२ वर्षीया रमिला रोकायाको हेलीकोप्टर मार्फत उद्दार गरिएको हो ।
आफन्तले बताए अनुसार सुत्केरीको रगत धेरै बगेको छ भने दुई दिनदेखि बोल्न समेत सकेकी छैनन् ।
प्रसुती व्यथा लागेपछि शुक्रबार राती कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी रोकायाको शिशुले पेटमा नै दिशा खाएकाले रेफर गरिएको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
२२ वर्षीया सुत्केरी रमिला रोकायाको साल अड्कीएर दुई दिनदेखि रक्तस्राब नरोकीएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो ।
शनिबार हेलिकप्टर मार्फत उनलाई कोहलपुर मेडिकल कलेज लगिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री कृष्ण सुवेदीको पहलमा रोकायालाई सेनाको हेलीकप्टर मार्फत कोहलपुर लगिएको मन्त्रालयले जनाएको छ ।
सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीको पहलमा हेलिकप्टर मार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
जिल्लामा उपचार गर्न सम्भव नभएकाले नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुंवरले बताएका छन् ।
सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि ३ जना सुत्केरीको हेलिकप्टरमार्फत बाजुराबाटै उद्धार गरिएको थियो ।
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश सरकारले विकटबाट बिरामी र सुत्केरीको हवाइ उद्धार गरिरहेको छ । स्वास्थ्य सेवाबाट टाढा रहेरका र आपतकालिन सेवा दिन हवाइ उद्धार गर्ने गरेको छ ।
यसरी सरकारले विकटबाट बिरामी तथा सुत्केरीको हवाई मार्फत उद्धार गर्नाले केहि सुत्केरीको ज्यान बचेको छ ।
विकट ठाउँमा विकास तथा सेवासुविधा नुहदा कतिपय बिरामी तथा सुत्केरी अकालमै ज्यान गुमाउनु परेको छ ।
प्रतिक्रिया दिनुहोस्