सरकारी भवनमा अन्धाधुन्ध चल्यो गोली, ११ जना कर्मचारीको मृत्यु


काठमाडौं, जेठ १८ । अमेरिकको एक सरकारी भवनमा गोली चलेको छ । गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।

यो अमेरिकाको भर्जि्नियाको घटना हो । भर्जि्नियास्थित भर्जि्निया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार हुँदा अन्य ६ जना घाइते भएका छन् ।

अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुका अनुसार सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर आक्रमणकारीको पहिचान खुलाइएको छैन ।

प्रहरीले गरेको जवाफी कारबाहीका क्रममा उनको पनि मृत्यु भएको छ । आक्रमणकारीले प्रहार गरेको गोली लागेर एक सुरक्षाकर्मीसमेत गम्भीर घाइते भएका छन् ।

स्थानीय प्रहरी प्रमुख जेम्स सेर्वेराले अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीमाथि पनि ती व्यक्तिले गोली चलाएको र जवाफी कारवाहीमा उनी मारिएको बताए ।

प्रहरीले घटनामा एक जनाको मात्रै संलग्नता रहेको जनाएको छ । आक्रमणकारीको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा यो वर्ष भएको यो १५० औँ गोलीकाण्ड हो ।

प्रतिक्रिया दिनुहोस्