प्रधानमन्त्री कपः प्रदेश १ द्वारा कर्णाली प्रदेश पराजित
काठमाण्डौ , जेठ १७ । प्रदेश १ ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा जित हासील गरेको छ ।
कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले पराजित गर्दै प्रदेश १ ले जित आफ्नो पक्षमा पारेको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले आठ विकेट गुमाउँदै दुई सय २८ रन बनाएको थियो ।
उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले ४५ तथा कप्तान पुष्प थापाले २९ रनको योगदान गरे । यस्तै सन्नी पुनले ३४ रन बनाए ।
उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले ४५ तथा कप्तान पुष्प थापाले २९ रनको योगदान गरे । यस्तै सन्नी पुनले ३४ रन बनाए ।
जवाफमा कर्णाली प्रदेश २० ओभर एक बलमा मात्र ४७ रनमा अलआउट भयो । सुरुवातदेखि नै डगमगाएको कर्णालीले चार रनमा पहिलो विकेट गुमाउँदा ३४ रनमा ६ विकेट खेर फालेको थियो । कर्णालीका निश्चल रावलले सर्वा्धिक १७ रन बनाउँदा अरु ५ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
तर त्यसपछि पनि कर्णालीको विकेट झर्ने क्रम रोकिएन । लगातार विकेट गुमाएको कर्णाली प्रदेश अन्ततः ४७ रनमा समेटियो । उसलाई कम स्कोरमा रोक्न पुष्प थापाले घातक बलिङ गरे । उनले नौ ओभरमा १९ रन दिएर ६ विकेट हात पारे । यस्तै मुकुन्द यादवले तीन विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस्