मन्त्री विष्टको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, १५० जनाले पाए रोजगारी
काठमाडौं, जेठ १७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
शुक्रबारदेखि मन्त्रिी विष्टको निर्वाचन क्षेत्रमा यो कार्यक्रम सुरु भएको हो ।
गुल्मीको धुर्कोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले बताए ।
उनका अनुसार गाउँपालिकामा १५० जनालाई ३० दिनको रोजगारी प्रदान गरिएको छ ।
यसैगरि शिक्षण संस्थामा १३ जना, स्वास्थमा ४ जना, कृषि र पशुपालनमा १५ जना, सिञ्चाईमा १५ जना, विद्युतमा ७ जनाले रोजागारी प्राप्त गरेका छन् ।
त्यस्तै खानेपानी मर्मतमा १५ र सडक मर्मतमा ८१ जना रहेको गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले त्यहाँका स्थानीयले रोजगार प्राप्त गरेका छन् ।
विरोजगार रहेका युवाहरुलाई यसरी रोजगार मिल्दा उनीहरु खुशि समेत भएका छन्। आफ्नै देशमा रोगारका पाटाहरु नहुदा कयांै युवाहरुले विदेश पलाएन हुने पर्ने रहदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्