अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षा मन्त्री सकारात्मक,यस्तो हुदैछ तयारी

काठमाडौँ , जेठ १७ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६र२०७७ को बजेटले मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउनका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ।

उक्त बजेट धेरै विद्यार्थी थोरै शिक्षक भएका विद्यालयमा अध्ययन अध्यापनमा असर नपरोस् भनेर सरकारले स्नातक र स्नातकोत्तर विद्यार्थीलाई शिक्षण स्वयंसेवकका रुपमा खटाउन बजेट छुट्याएको हो ।

यहि बजेटले अस्थायी शिक्षकहरुको ब्यबस्थापन गरिने तर्फ सरकारले आन्तरिक तयारी गर्न थालेको छ ।

अर्को तर्फ अस्थायी शिक्षकहरु विभिन्न माग सहित वैशाख २० देखि आमरण अनशनमा बसेका छन् । उनीहरुले आफुहरुलाई कुनै पनि बहानामा विस्थापित नगर्न र पुनः आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायीको प्रक्रियामा लैजानु पर्ने माग गरिरहेका छन् । र यो मागलाई ध्यान दिएर मापदण्ड बनाएर स्थायी गराउन मंत्री सकारात्मक भएको श्रोतको भनाई छ ।

यस्तै शिक्षकहरुका अनेक समस्याको सामाधानको लागि बुधबार नेपाल शिक्षक महासंघ र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय बिच सचिव स्तरीय अनौपचारिक बैठक छलफल सम्पन्न भएको छ ।

छलफलमा बिगतमा शिक्षक महासंघ र मन्त्रालयबिच भयका सहमतिहरुलाई शिक्षा ऐनमा उल्लेख गरि सम्वोधन गर्ने र केही दिनभित्रै सहमति हुन बाँकी बिषयहरुका बारेमा शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रीसँग वार्ता गरि अन्तिम टुंगोमा पुग्ने सहमति भयको छ ।

आज मन्त्री र सचिब बीच छलफल भएको र शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको प्रतिवेदनलाई टेकेर अस्थायी शिक्षकहरुलाई स्थायी गर्न सकिने आन्तरिक सहमति भएको श्रोतको भनाई छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय बिच छलफल भएका बिषयहरु यस्ता छन्

१– बाल बिकास शिक्षक , बिद्यालय कर्मचारी , राहत तथा साविक उ. मा बि , शिक्षकहरुको दरबन्दि स्थापना गरि आन्तरिक परीक्षा मार्फत स्थायी प्रक्रियामा लैजाने ।

२– बालबिकास र राहत शिक्षकहरुको महगी भत्ता र पोशाक भत्ता उपलब्ध गराउने ।

३–द्वन्दपिडीत शिक्षकको पुरबहाली तथा प्रतिवेदन कार्यान्वयन ।

४– शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा सफल हुन नसकेका शिक्षकहरुको सेवा निरन्तरता गर्ने ।

५–लियन तथा सट्टामा रहनुभयका शिक्षकको गोल्ड्यान ह्यान्डसेक का लागि सेवा अवधि जोड्नुपर्ने ।

६– स्थायी शिक्षकहरुको अस्थायी सेवा अवधि गणना तथा टाईम बाउण्ड प्रमोसन गर्ने बिषय ।

७– शिक्षा ऐनको मस्यौदा लाई महासंघसँग छलफल गरेर मात्र अगाडि बढाउनु पर्ने ।

८–सथानीय तहको जादतीलाई नियन्त्रण र नियमनमा लैजाने बिषय ।

९–अनसनमा बसेका शिक्षक साथीहरुका मागहरुको उचित सम्वोधन गरि अनसन तत्काल तोडाउने ।

१०– अस्थायी करार शिक्षक हरुलाई आन्तरिक परीक्षा मार्फत स्थायी प्रक्रियामा लैजाने ।

प्रतिक्रिया दिनुहोस्