प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं, जेठ १७ । प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश नम्बर –३ सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभामा बहुमतले पारित भएको हो । प्रदेश सभामा यही जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
६० जनाभन्दा बढी प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममा भाग लिइसकेपछि शुक्रबार बहुमतले पारित गरिएको हो ।
प्रतिपक्षी दल नेपाली कांग्रेस विवेकशील नेपाली दल, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका दलले नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव राखेका थिए ।
तर, त्यो संशोधन प्रस्तावमाथि मुख्यमन्त्री पौडेलले स्पष्ट कार्यान्वयन गर्ने जवाफ नदिएको भन्दै प्रस्ताव फिर्ता नलिएपछि सभामुख श्रेष्ठले बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे ।
नीति तथा कार्यक्रम माथिको छलफलमा बिहीबार र शुक्रबार सांसदहरुले भाग लिएका थिए ।
छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताए पनि प्रतिपक्षलगायतका दलका सांसदहरुले भने नीति तथा कार्यक्रम प्रचारमुखि नारैनारा मात्र आएका बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्