क्रिकेट रंगशाला बनाउन धुर्मुसलाई तीन लाख सहयोग, घटनाबाट विचलित नहुन आग्रह

काठमाडौं, जेठ १७ । क्रिकेट रंगशाला बनाउन धुर्मुसलाई तीन लाख सहयोग प्रदान गरिएको छ ।

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शुक्रबार विभिन्न दाता समूहले ३ लाख रुपैयाँ प्रदान गरेका छन् ।

भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख र निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत रुपमा २ लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

बिहीबार होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर दीपेन्द्र पोखरेलले रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई १ लाखको चेक हस्तान्तरण गरेका छन् ।

यसैबिच सोही अवसरमा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले देशकै गौरवका रुपमा रहेको रंगशालाका निर्माणमा चितवनवासीको साथ रहेको भन्दैं सानातिना घटनाबाट विचलित नहुन धुर्मस सुन्तली फाण्डेशनलाई आग्रह गरे ।

म्यानेजर पोखरेलले होटलमा काम गर्ने कर्मचारीहरुको दुई दिनको तलबबाट रंगशाला निर्माणमा सहयोग गरिएको बताए ।

होटलका म्यानेजिङ डिरेक्टर दिलिप मैनालीले होटलका तर्फबाट धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष र पदाधिकारीलाई चितवन आउँदा वासको निशुल्क प्रबन्ध गरिएको बताए ।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धर्मुसले रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई दुःखी बनाएको भन्दै अबका दिनमा निर्भिकतापूर्वक काम गर्ने बातावरण तयार गरिदिन आग्रह समेत गरेका छन्।

रंगशाला निर्माण जनस्तरबाट हुने भएकोले स्थानीय जनतासँग कुनै प्रकारको असमझदारी गर्ने पक्षमा आफूहरु नरहेको र सडकको विषय महानगरपालिका र विश्वविद्यालयले हल गरिदिनुपर्ने अध्यक्ष कट्टेलले बताए । उनले काम गर्ने वातावरण तयार हुनासाथ फिल्डको काम अघि बढाउन तयार रहेको विश्वास दिलाए ।

यता रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई यति बेला निकै दुःखी बनाएको छ । यसका घटनामा संम्लग्नलाई प्रहरीले पक्राउ गरि केहि नेतालाई पार्टीले निलम्बन समेत गरिसकेको छ ।

अब दोषीलाई कडाबारवाही नगरे सम्म निमार्णको काम अघि नबढ्ने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धर्मुस र सुन्तलीले अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्