भारतीय प्रधानमन्त्री मोदीले लिए सपथ, पक्षपात, अनुराग वा द्वेषविना न्याय गर्छु : प्रधानमन्त्री मोदी

काठमडौं, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार साँझ दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको सपथ लिएका छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टी भाजपाका नेता मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले विभिन्न देशमा सरकार तथा राष्ट्र प्रमुखहरुको उपस्थितिमा सपथ गराएको हुन् । मोदीसँगै उनको दलका अध्यक्ष अमित शाह सहितका वरिष्ठ नेताहरूले मन्त्री पदको सपथ लिएका छन् । सूर्यास्तभन्दा केही अघि मोदीले प्रधानमन्त्री पदको सपथ लिएका थिए । गत साता सम्पन्न चुनावमा मोदीको दल भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा पनि बढी सीटकासाथ बहुमत प्राप्त गरेको हो हो ।

भारतीय प्रधानमन्त्री मोदीले सपथग्रहण गर्दै भने, “मैले भय वा पक्षपात, अनुराग वा द्वेषविना सबै व्यक्तिहरूप्रति संविधान र विधिअनुसार न्याय गर्नेछु ।” मोदीको सपथ ग्रहण समारोहमा नेपाल सहित बाङ्गलादेश, श्रीलङ्का, भुटान, म्यानमारलगायतका सरकार प्रमुख र नेताहरू उपस्थित रहेका थिए । तर मोदीले सन् २०१४ मा पहिलो पटक सत्तारोहण गर्दा निम्ता गरिएका पाकिस्तानका सरकार प्रमुख यसपटक निम्त्याइएका थिएनन् ।
समारोहमा बलिउड कलाकार, खेलाडी, उद्यमी र समाजका प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी थिए ।

मोदीपछि सोही समारोहमा उनको मन्त्रिमण्डलका सदस्यहरूले पनि सपथ लिएका छन् । जसमा मोदीका विश्वासपात्र मानिएका भाजपाका अध्यक्ष अमित शाह, पार्टीका पूर्व अध्यक्षद्वय राजनाथ सिंह र नीतिन गडकरी लगायतका नेताहरूले मोदीको मन्त्रिमण्डलमा पुनः प्रवेश पाएका छन् । पूर्व्विदेश सचिव एस जयशंकर पनि परेका छन् । लोकसभा चुनावमा धेरैको अपेक्षा विपरीत मोदीको दलले अत्यधिक बहुमत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्