भारतीय कांग्रेस एक महिना टेलिभिजनका कुनै पनि बहसमा नजाने , गर्यो यस्तो निर्णय
काठमाडौँ , जेठ १६ । भारतीय कांगे्रसले एक महिना टेलिभिजन च्यानल बहिस्कार गर्ने भएको छ ।
एक महिनाको अवधिभर कांग्रेसले कुनै पनि भारतीय टेलिभिजन बहसमा आफ्ना पार्टीका प्रवक्ता नपठाउने अडान लिएको हो ।
आम चुनावमा कमजोर प्रदर्शन गरेको भारतीय राष्ट्रिय कांग्रेसले एक महिना त्यहाँका टेलिभिजन च्यानल बहिस्कार गर्ने निर्णय गरेको हो ।
पार्टीका मिडिया प्रमुख रणदीप सुर्जेवालाले बिहीबार टेलिभिजनका कुनै पनि बहसमा प्रवक्ताले एक महिनासम्म भाग नलिने घोषणा गरेका छन् ।
उनले आफ्ना पार्टीका कुनै पनि प्रतिनिधिलाई टेलिभिजन बहसमा नबोलाउन समेत आग्रह गरेका छन्।
‘ ट्वीट गर्दै लेखेका छन् ’ ‘कांग्रेसले एक महिनाका लागि टेलिभिजन बहसमा प्रवक्ता नपठाउने निर्णय गरेको छ,’ ‘च्यानलरसम्पादकलाई आफ्ना सोमा कांगेस प्रतिनिधि नराख्न आग्रह छ।’
यसैबिच भारतीय टेलिभिजन च्यानले नरेन्द्र मोदीको मात्रै पक्षपोषण गर्ने र विपक्षीलाई बहसमा राम्रोसँग कुरा राख्न नदिने गरेको भन्दै आलोचना पनि हुने गरेको छ।
यस्तो निर्णय गर्नुका कारणबारे भने कांग्रेसले केही पनि उल्लेख गरेको छैन।
तर भारतीय मिडियाले भने राहुल गान्धीले पार्टी अध्यक्षमा निरन्तरता दिने या नदिने भन्ने विषयमा अनिश्चिता बढेको बेला यस्तो निर्णय भएको प्रतिक्रीय दिएको छ ।
प्रतिक्रिया दिनुहोस्