नवलपरासीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु , १५ घाइते

काठमाडौं, जेठ १६ । नवलपरासीमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत दुम्कौलीमा बस र ट्रक ठोक्किँदा २ महिलासहित ३ को मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै १५ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका-६५ वर्षकी कुमारी सुनारी र थर नखुलेकी जमुना रहेको प्रहरीले जनाएको छ । एकजनाको भने सनाखत हुन सकेको छैन ।

महेन्द्र राजमार्गको हमाल चोक ना४ख ५२९५ नम्बरको यात्रु बस र एउटा ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्