अबको ३ दिनसम्म साँझपख मेघगर्जनसहित पानी पर्ने, सचेत रहन मोसमविद्को आग्रह
काठमाडौं , जेठ १६ ।अबको तिन दिन सम्म साँझपख मेघगर्जनसहि पानी पर्ने भएको छ ।
केही दिनयता लगाकतार उपत्यका सहित देशका विभिन्न भामा गर्मी बढेको थियो । जसले तराई तथा काठमाडौंको जनजीवन निकै प्रभावित भइरहेको थियो । तर, बुधबार भएके वर्षाले भने राहतको महसुस हुन थालेको छ । यो क्रम अझ केही दिन जारी रहने अनुमान मौसम्विदले गरेका छन् ।
बिहीबार स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।
देशका पूर्वी भु(भागमा आंशिक देखि सामान्य बदली हुने, मध्य भुभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
देशका पूर्वी भुभागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति देशका पूर्वी भुभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
शुक्रबार दिउँसो देशका पूर्वी तथा मध्य भागहरुमा आंशिकदेखि सामान्य बदली हुने, पश्चिमि पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
देशका पूर्वी तथा मध्य भुभागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति देशका पूर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमाहरुमा आंशिकदेखि सामान्य बदली हसने, मध्य तराईका भुभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
शनिबार दिउँसो देशका पूर्वी तथा मध्य भूभागहरुमा सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने रहनेछ । पूर्वी तथा मध्य भुभागका केहि र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति देशका पूर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमाहरुमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा आंशिक वदली रहने छ ।
देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जारी गरेको ३ दिनको बुलेटिनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्