प्रत्येक सांसदलाई ६ करोड बजेट, खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन

काठमाडौँ, जेठ १५ । सरकारले प्रत्येक सांसदलाई निर्वाचन क्षेत्र विकास अन्र्तगतको बजेट ६ करोड पुर्याएको छ । सांसदहरुले यसअघि ४ करोड पाउँदै आएका थिए ।

खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन

सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन गरिएको छ । काठमाडौंको मूलपानीमा क्रिकेट मैदानका लागि १० करोड विनियोजन गरिएको छ ।

आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

बजेटमा काठमाडौं उपत्यकामा अन्तर्रा्ष्ट्रिय खेलकुद परिसर निर्माणका लागि अध्ययन गरिने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्