प्रधानमन्त्री कप पुलिस क्लबको लगातार दोस्रो जित , प्रदेश १ ७५ रनले पराजित
काठमाण्डा, जेठ १५ । प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
समूह बी अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश(१ लाई ७५ रनले हराएपछि उसले दास्रो जित हात पारेको हो ।
पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पुलिसले ४३।१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।
पुलिसका लागि अमित श्रेष्ठले शतक प्रहार गरे । ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले ११८ बलमा १०६ रनको योगदान दिए ।
उनले १५ चौका र एक छक्का प्रहार गर्दै त्यो योगफल तयार पारेका थिए । पुलिसको इनिङमा अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस्