प्रधानमन्त्रीले पाए मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौ, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् ।
प्रधानमन्त्री ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो विश्वविद्यालयका अध्यक्ष डा.शिनिल युनले राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।

सो उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफूलाई दिएको सो मानार्थ उपाधि सिंगै मुलुक र जनताको सम्मानको रुपमा आफूले लिएको बताए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले मुलुक छोटो समयमै विकसित हुने दावी पनि गरे ।

लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सो उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्