नक्कली मदिरा सेवन गर्दा १७ जनाको मृत्यु

काठमाडौं, जेठ १५ । नक्कली मदिरा सेवन गर्दा भारतमा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । साथै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिएका छन् ।

सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो ।

भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्से्नि धेरैको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्