सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश जारी

काठमाडौँ , जेठ १४ । व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको शंकास्पद वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको इजलासले सुमार्गीको रकम निकास गर्न आदेश दिएको हो।

राणा र बमकुमार श्रेष्ठको संयुक्त इजलासको यो फैसलापछि सुमार्गीको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) वैधानिक स्रोतबाट भित्रिएको ठहर हुनेछ।

सर्वोच्चले मंगलबार गरेको यो फैसलापछि सुमार्गीले रकम चलाउन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्