अष्ट्रेलिया सरकारद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह, तर किन ?
काठमाडौं, जेठ १४ । अष्ट्रेलियाले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह गरेको छ ।
काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी गराउँदै भ्रमण गर्दा सचेत हुन आग्रह गरेको हो ।
अष्ट्रेलिया सरकारले नेपाल भ्रमणमा रहेका र आउन चाहने आफ्ना नागरिकलाई सचेत गराएको छ ।
अष्ट्रेलिया सरकारको परराष्ट्र मामिला तथा व्यापार विभागको स्मार्ट ट्राभलर वेवसाइटमा बम विस्फोटको सूचना राखेर सुरक्षा अवस्थाबारे सचेत हुन आग्रह गरिएको छ ।
अष्ट्रेलियाले खतराका आधारमा नेपाललाई लेभल २ मा राख्दै भनेको छ ‘उच्च सावधानी अपनाउनुहोला ।’
प्रतिक्रिया दिनुहोस्