अब एनआईसी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा पनि

काठमाडा, जेठ १४ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखाहरु विराटनगर र धरानमा पनि विस्तार गरेको छ ।

बैंकले विराटनगर महानगरपालिका र धरान उप–महानगरपालिकामा आफ्नो दुई नयाँ शाखा विस्तार गरि कार्यालयहरु संचालनमा ल्याएको हो ।

विराटनगर शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरेका छन् भने
सुनसरीको धरानकोे बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्र्दै उनीहरले आफ्नो शाखाहरु यस क्षेत्रमा विस्तार हुदा खुशी भएकोे बताएका छन् । साथै यहाँका जनतालाई आफुहरुले सहजै रुपले सेवा उपलब्ध गराउने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्