पूर्वमा पेट्रोलियम पदार्थको अभाव, भरतले रोक्यो नाकामा ७३ टयाङ्कर

काठमाडौं, जेठ १४ । । पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।

भारतीय भन्सारले अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए।

उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन्। यही कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द भएका छन् ।

पेट्रोलपम्पहरु बन्द हुदा त्यहाँका स्थानीयलाई तेलको अभाव हुन थालेको छ भने महंगोमा पनि किन्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्