४ वर्षपछि खुल्यो भुकम्पले बन्द भएको तातोपानी नाका

काठमाडौं, जेठ १४ । । भुकम्पले बन्द भएको तातोपानी नाका ४ वर्षपछि खुलेको छ । भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको हो ।

मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका औपचारिक रुपमा सञ्चालनमा आएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पैडेलले बताए ।


नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका खुलाएको उनले बताए ।

तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्