विश्वकप क्रिकेट, शाख राख्ने होडमा इंग्ल्याण्ड

काठमाडौं, १४ जेष्ठ । अहिले विश्को ध्यान विश्वकप क्रिकेटमा गएको छ । इंग्ल्याण्डमा विश्वकप क्रिकेट कप हुँदैछ । क्रिकेटको जननी पनि इंग्ल्याण्ड भएको मानिन्छ । तर विश्वकप क्रिकेटमा खेल जजनी देश इंग्ल्याण्डले प्रतियोगितो जित्न सकेको छैन । इंग्ल्याण्डले यस पटक भने पटक आफ्नो साख जोगाउने निकै प्रयास गर्दैछ ।

सन् १९७५ मा भएको क्रिकेट विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएको इंग्ल्याण्डले उपाधि भने जित्न सकेको छैन । इंग्ल्याण्डले चार पटक विश्वकपको आयोजना र्गयो र तीन पटक फाइनल खेल्यो । तर यो प्रतिष्ठित ट्रफी घर भित्र्याउन सफल भएको छैन ।

विश्वकपको पहिलो तीन संस्करण इंग्ल्याण्डमा नै भएको थियो । सन् १९७९ मा भएको दोस्रो संस्करणको फाइनलमा वेष्ट इण्डिजसँग ९२ रनले पराजित हुँदै इंग्ल्याण्ड उपविजेतामा सीमित बन्यो । यस्तै हविगत सन् १९८७ मा भारत र पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा पनि भोग्यो । त्यसबेला अष्ट्रेलियासँग ७ रनको झिनो अन्तरले पराजित भयो ।

त्यसको लगत्तै भएको अर्को संस्करणमा इंग्ल्याण्ड पाकिस्तानसँग २२ रनले पराजित हुँदै फेरि पनि उपविजेतामा सीमित बन्यो । सन् १९९२ पछि इंग्ल्याण्ड फाइनलमा पुग्न सकेको छैन ।

घरेलु मैदान इंग्ल्याण्डका लागि बलियो पक्ष हुनेछ भने साथसाथै घरेलु दर्शकको बीचमा खेल्नु पर्ने स्थिति उसका लागि दबाबको विषय हुन सक्नेछ । यो विश्वकपमा इंग्ल्याण्डको ब्याटिङ लाइनअप सबैभन्दा उत्कृष्ट छ । यो विश्वकपमा रन धेरै बन्ने आँकलन हुँदै गर्दा इंग्ल्याण्डको ब्याटिङ लाइनअपले उनलाई विश्वकपको हकदार बनाउन सक्नेछ ।

विश्वकपमा इंग्ल्याण्ड कम्तीमा फाइनलसम्म पुग्ने आँकलन क्रिकेट विश्लेषकको छ । दक्षिण अफ्रिका जस्तै दाबेदार रहनु र अविश्वसनीय रुपमा पराजित हुनुका कारणले गर्दा कप्तान ओइन मोर्गानमाथि ठूलो दबाब छ ।

सन् २०१५ को संस्करणमा बंगलादेशसँग पराजित भएर समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्डले ब्यापक मेहनत गरेको छ । यो पटक नवआगन्तुक खेलाडी र अनुभवी खेलाडीको राम्रो समिश्रण छ ।

कागजमा हेर्ने हो भने इंग्ल्याण्ड टिममा बलरलाई ध्वस्त पार्न सक्ने क्षमता भएका खेलाडी छन् । एक खेलाडी चम्किएको खण्डमा पनि विपक्षी टिमलाई खतरा हुन सक्नेछ । ज्यासन रोय, जोस बट्लर, जोनी बेइस्र्टो, जो रुट र कप्तान ओइन मोर्गानको ब्याटिङले विश्वकप इतिहासकै सर्वाधिक रनको रेकर्ड बनाउन सक्नेछन् ।

बलिङतर्फ अदिल राशिद आईसीसी वरियताको शीर्ष १० भित्र रहेका खेलाडी हुन् । मोइन अलि अर्का बलर हुन् जसले अदिल रसिदसँग मिलेर विपक्षी ब्याटिङलाई सजाय दिन सक्नेछन् । पछिल्ला एक दिवशीयमा इंग्ल्याण्डले दुईपटक ३०० रन पार गरिसकेको छ । बलरहरुको बलिङ एट्याकले इंग्ल्याण्डलाई ठूलो अन्तरको जित दिलाउन महत्वपूर्ण भुमिका खेल्नेछ ।

आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको खेलबाट विश्वकपको सुरुवात गर्नेछ । ३० मेमा पहिलो खेल खेल्ने इंग्ल्याण्डले जुन ३ मा पाकिस्तानसाग, जुन ८ मा बंगलादेशसँग, १४ मा वेष्ट इण्डिजसँग, १८ मा अफगानिस्तानसँग, २१ मा श्रीलंकासँग, २५ मा अष्ट्रेलियासँग, ३० मा भारतसँग र जुलाई ३ मा न्यूजिल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ ।

ओइन मोर्गानको कप्तानीमा रहेको इंग्ल्याण्ड टिममा मोइन अलि, जोफ्रा आर्चर, जोनी बेइस्र्टो, जोस बट्लर, टम कुरान, लिया डावसन, लियाम प्लंकेट, अदिल रसिद, जो रुट, ज्यासन रोय, बेन स्टोक्स, जेमी भिन्स, क्रिस वक्स र मार्क उड । इंग्ल्याण्डका प्रशिक्षक ट्रेभर बेलिस हुन् । यस पटक इंग्ल्याण्ड प्रतिष्ठित ट्रफी घर भित्र्याउन सफल होला कि नहोला भन्ने बहस चल्न थालेको छ । यो त्यती नै चुनौतीपूर्ण पनि छ ।

प्रतिक्रिया दिनुहोस्