देशमा सवारी साधनको संख्या बर्षेनी थप हुँदै, पुग्यो साढे ३५ लाख
काठमाडौं, जेठ १३ । देशमा सवारी साधनको संख्या बर्षेनी थप हुँदै गएको छ । आर्थिक वर्ष २०७५र०७६ को फागुनसम्म ३ लाख १८ हजार ४ सय ७७ नयाँ सवारी साधन थप भएको छ ।
यो सँगै देशमा सवारी साधनको संख्या ३५ लाख ३९ हजार ५ सय १९ पुगेको छ । यसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । यसको हिस्सा ७८.६ प्रतिशत छ ।
आर्थिक वर्ष २०४६र०४७ देखि ०७४र०७५ सम्म सवारी साधनको संख्या ३२ लाख २१ हजार ४२ वटा थियो ।
चालु आर्थिक वर्षको फागुन सम्म ५ लाख ५७ हजार २ सय ९८ सवारी चालक अनुमति पत्र वितरण भएको छ । यो विद्युतीय स्मार्ट कार्ड हो ।
२०७५ लेखि यातायात व्यवस्था कार्यालयहरु पूर्ण रुपमा प्रदेश भौतिक विकास मन्त्रालय मातहत हस्तान्तरण गरी सवारी चालक अनुमतिपत्र लगायतका काम शुरु भएको छ, आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्