झापाका नायव सुब्बा धिमाल ३५ हजार घुससहित अख्तियारको फन्दामा

काठमाडौं, जेठ १३ । झापाका नायव सुब्बा राजकुमार धिमाल ३५ हजार घुससहित अख्तियारको फन्दामा परेका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाका नायव सुब्बा धिमाल ३५ हजार घुससहित पक्राउ परेका हुन् ।

लिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।

घुस लिने कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्