विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व छः गृहमन्त्री थापा
काठमाडौं, जेठ १३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई वार्ताद्वारा मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व रहेको बताएका छन् ।
सोमबार राजधानीमा घटेको बम विस्फोटबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले वार्तामार्फत विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइसकेको पनि बताए ।
विप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिहरुलाई नियन्त्रण गर्न सरकार लागिपरेको गृहमन्त्री थापाले बताए ।
यस्तै उनले राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै संलग्नता र विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको बताए ।
प्रतिक्रिया दिनुहोस्