प्रधानमन्त्री कप: आर्मीको लगातार दोस्रो जित, प्रदेश एक १सय १३ रनले पराजित, सुशनको ह्याट्रिक

काठमाडौँ, जेठ १२ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आर्मीको लगातार दोस्रो जित दर्ता भएको छ ।

किर्तिपुरस्थित त्रिवि किक्रेट मैदानमा आज भएको खेलमा त्रिभूवन आर्मी क्लबले प्रदेश एकलाई ११३ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो। उसका लागि राजेश पुलामीले सर्वा्धिक ५६, हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३० र करण केसीले २६ रनको योगदान दिए।

बलिङतर्फ प्रदेश एकका दिपेश कँडेलले तीन तथा मुकुन्द यादव, सिद्धान्त लोहनी र फिरदोस अन्सारीले समान दुई दुई विकेट र पुष्प थापाले १ विकेट लिए।

२ सय ५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको प्रदेश एकले २६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै केवल ९१ रन मात्रै बनायो। उसका लागि राजन मगरले सार्वा्धिक २६, मुकुन्द यादवले १८ र रबि रोयले १० रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

प्रदेश एक लाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारीले तीन, करण केसीले दुई तथा जितेन्द्र मुखिया, हरीबहादुर चौहान र शहद आलमले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्