राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीको निकट सहयोगीको गोली हानी हत्या
काठमाडौं, जेठ १२ । भारतको उत्तर प्रदेश राज्यको अमेठीमा भारतीय जनता पार्टीका एक कार्यकर्ताको हत्या भएको छ ।
बलौलिया गाउँका पूर्वप्रधानपञ्च ५० वर्षीय सुरेन्द्र सिंहको हत्या भएको हो । स्थानीय समयानुसार शनिबार राति ११ः३० बजे अज्ञात व्यक्तिले उनलाई गोली हानेर हत्या गरेको हो ।
समाचार एजेन्सीहरुका अनुसार राजनीतिक प्रतिशोधका कारण उक्त हत्या भएको आशंका गरिएको छ ।
पार्टीका राष्ट्रिय अध्यक्ष पराजित भएको अवस्थामा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता निकै आक्रोसित भएको र सोही प्रतिशोधमा उक्त हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
प्रहरीले दुई जनालाई पक्राउ गरेर सोधपुछ भइरहेको प्रहरीको जनाएको छ ।
हालै सम्पन्न लोकसभा निर्वाचनमा सो क्षेत्रबाट भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानी निर्वा्चित भएकी छन् ।
उनले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी हुन् । मृतक सुरेन्द्र भाजपाकै सक्रिय कार्यकर्ता हुनका साथै नवनिर्वा्चित सांसद इरानीको निकट सहयोगी रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्