प्रधानमन्त्री कप : पुलिसले दिएको १८६ रनको लक्ष्य पछ्याउँदै कर्णाली प्रदेश

काठमाडौँ, जेठ १२ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भइरहेको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई १८६ रनको लक्ष्य लिएको छ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपाल पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनाएको हो। पुलिसका लागि दिलिपनाथले ७२ र कुशल भुर्तेलले ६२ रनको योगदान दिएपनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ कर्णाली प्रदेशका सुदन पोखरेलले सर्वा्धिक पाँच विकेट, दिवान पुनले दुई र दिनेश अधिकारीले एक विकेट लिए।

१८६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश अहिले जवाफी व्याटिङमा छ।

प्रतिक्रिया दिनुहोस्