पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द
काठमाडौं, जेठ । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिएको छ ।
खत्रीको निधनको शोकमा देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष अदालत तथा न्यायाधीकरणहरू बन्द रहने निर्णय गरेको हो ।
सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले शनिबार जारी गरेको विज्ञप्तिमा खत्रीको असामयिक निधनबाट न्याय, कानुन र मानव अधिकारका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।
सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशका रूपमा लामो समयसम्म सेवारत खत्रीले स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिका लागि अतुलनीय योगदान र्पुयाएको जनाइएको छ ।
खत्रीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गत बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९९ वर्षीय खत्रीको निधन भएको थियो । पछिल्लो समय उनी अल्जाइमर्स रोगका पीडित थिए ।
प्रतिक्रिया दिनुहोस्