धरानमा बैंकका कर्मचारीलाई गोली हानी ३ लाख रुपैयाँ लुटियो
काठमाडौं, जेठ १२ । धरानमा ‘गोली चलेको छ । जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका कर्मचारी शम्भु गच्छदारलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको हो ।
उनले आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् ।
धरान-५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको गच्छदारले बताएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।
गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको भए पनि गोली हानिएको र रकम लुटिएकोबारे अहिल्यै भन्न नसकिने उनले बताए ।
प्रहरी उपरीक्षक अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ अनुसन्धानका लागि गएको छ ।
प्रतिक्रिया दिनुहोस्