आफ्नो कारणले अरु उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजिनामा
काठमाडौं, जेठ १२ । मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाल राजिनामा दिएकी छन् । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि उनले राजीनामा दिएकी हुन् ।
सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उनले राजीनामा दिएको बताइएको छ ।
मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत पनि गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले पनि राजीनामा दिएका थिए ।
यता नेपालमा भने प्रधानमन्त्रीदेखि राष्ट्रपतिसमेत आफु विदेश जाँदा र आउँदा घन्टौं आकाश जाम गराउँछन् । यसको सर्वत्र आलोचना भएपनि सुधार्ने तर्फ कुनै कदम चालिएको देखिदैन ।
प्रतिक्रिया दिनुहोस्